भारतसँगको मैत्रिपूर्ण खेलको प्रशारण अधिकार एडप्याडलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १० गते २०७८ मा प्रकाशित


काठमाडौ- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हनुे नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रशारण अधिकार एडप्याडले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडसँग आज प्रशारण अधिकारको सम्झौता गरेको छ ।

एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता गरे । सम्झौता अनुसार २५ लाख १० हजारमा उडप्याडले प्रशारण अधिकार किनेको छ । अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने छ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुबै खेल बन्द रंगशालामा हुने एन्फाले जनाएको छ । १३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हँुदै छ । त्यसका लागि नेपाली टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ ।