
छलफलपछि नेपाल पर्वतीय खेलकुद महासंघ, गण्डकी प्रदेश पर्यटन मन्त्रालयका पदाधिकारी, गण्डकी प्रदेश खेलकुद परिषदका पदाधिकारीहरुसहित सामुहिक तस्बिर खिचाउँदै ।
पोखरा-उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ । पर्वतीय खेलकुद महासंघको सक्रियतामा मुस्ताङको उपल्लो क्षेत्र लोमान्थामा अल्ट्रा रनिङ, साईक्लिङ, रक क्लाईम्बिङ, मोटर स्पोर्टस, बिच गेम, गल्फ/मिनि गल्फ, ओरियन्टेरिङ, घोडा दौड, र्आचरी, बोटिङ÷¥याफ्टिङ, दुवाथोलन÷ट्रायथोलन र स्केटिङ तथा स्नो बोर्डिङ जस्ता साहसिक खेल खेलाउन सकिने औल्याउँदै साहसिक पर्यटनको हब बनाउनुपर्ने सुझाव पेश गरेको छ ।
छलफलकै क्रममा पहिलो चरणमा गल्फ क्लब स्थापना गर्ने गरी योजना अघि बढाइएको छ । ‘नेचर, एडभेन्चर र कल्चरको अलौकिक अकल्पनीय जिल्ला हो मुस्ताङ ’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने–‘मुस्ताङ, आफैंमा समग्र साहसिक खेलको आयोजना गर्न सकिने विश्वकै उत्कृष्ठ ठाँउ हो ।’ उनले अल्पाईन र वाटर स्पोर्टस अबको स्पोर्टसका विकल्प हुन् । समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाईको लोमान्थाङस्थित कोवालिङको फाँटमा गल्फ कोर्ष बनाउन सकिने छ ।
छलफलमा गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव महेश्वर ढकालले पर्यटन प्रवद्र्धन र साहसिक खेलको नाममा साँस्कृति र प्राकृतिक अद्धितीय सम्पदामा ठाँउमा हानी नोक्सानी नहुने गरी गर्नुपर्नेमा जोड दिए । ‘थला परेको पर्यटनलाई उकास्न खेललाई जोड्नुपर्छ’ उनले भने–‘तर पर्यटन उकास्न खेललाई जोड्दा साँस्कृतिक र प्राकृतिक सम्पदा माथि आउँ आउनु हुदैन् । त्यसमा कम्प्रोमाईज हुदैन् ।’ नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले मुस्ताङलाई साहसिकसँगै आर्चरी खेल बढी उपयुक्त हुने बताए । उनका अनुसार मुस्ताङमा परम्परागत आर्चरीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘आर्चरी विशेष गरी परम्परागत, आधुनिक र हन्टिङ हुन्छन् । मुस्ताङमा परम्परागत आर्चरी छ ।’ उनले भने–‘आधुनिक पनि नभएको होईन् तर परम्परागत आर्चरीलाई जगाउनुपर्छ, बचाउनुपर्छ ।’
एक्यापका राजकुमार गुरुङले खेल पर्यटन हिमाली क्षेत्रको लागि नयाँ अवधारणा भएको उल्लेख गर्दै साँस्कृतिकलाई समेत समावेश गरी लैजानुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले डेढवर्षदेखि पर्यटन शून्यमै रहेको उल्लेख गर्दै निश्चित खेलहरु रोजेर लगानी गर्नुपर्नेमा खाँचो औल्याए ।
पर्वतीय खेलकुद महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष लक्की कार्कीले हिमाली क्षेत्र आफैंमा साहसिक भएको उल्लेख गर्दै साँस्कृतिकलाई जगेर्ना गर्ने खेललाई प्रवद्र्धन गर्नुपर्ने बताईन् । ‘जहाँको साँस्कृतिक मौलकिता झल्कने खेल छ त्यसलाई प्रवद्र्धन गर्नुपर्छ ।’ उनको भनाई थियो । गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले स्पोर्टस कल्चर भएमा मात्रै खेलकुदको विकास हुने स्पष्ट पारे । ‘हामीले अन्तराष्ट्रिय क्षेत्रमा पदकको आशा गरिरहँदा त्यसको लागि स्पोर्टस कल्चर हुनैपर्छ ।’ उनको भनाई थियो ।
छलफलकै क्रममा गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले लोमान्थाङको लोवाथाङको फाँटमा गल्फकोर्ष बनाउन सकिने प्रारम्भिक योजना अनुुसार छलफल गरिएको बताए । उनले विश्वकै उचाईमा गल्फ कोर्ष बन्ने भन्दै साहसिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास व्यक्त गरे । लोवाथाङमा ९ होलको कोर्ष बनाउन सकिने उनले बताए । नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन)ले ९ होलको कोर्ष बनाउन थोरै गरेपनि ८÷१० लाख रुपैयाँ खर्च हुने जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…