
कास्की जिल्ला हक्की संघको अध्यक्षमा केसी
पोखरा-लामो समयपछि हक्कीले प्रशिक्षणको अभाव झेलिरहेको अवस्थाबाट मुक्त हुदैं छ । पोखरा रंगशालाभित्र हक्कीको लागि अस्थाई मैदान निर्माण शुरु गरिएपछि प्रशिक्षणको अवसर पाउने छन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिको पहलमा मैदान निर्माण कार्य अघि बढाइएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीले रजत पदक जितेको थियो । त्यही इतिहासलाई घरेलु मैदानमा आयोजना हुने प्रतिस्पर्धामा स्वर्णको अपेक्षा गरिएको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीको शाख जोगाउन पनि मैदान अत्यावश्यक भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । उनले अस्थाई मैदान भएपनि उपलब्ध गराउन पहलकदमी गरेकै अवस्थामा राखेपमा बोर्ड सदस्य राजेश गुरुङको सक्रियतामा मैदान निर्माण कार्य अघि बढेको जानकारी गराए । ‘खेलाडीलाई प्रशिक्षणको लागि मैदानको खाँचो थियो’ उनले भने–‘मैदान निर्माणपछि त्यो समस्या समाधान हुन्छ ।’
लामो समयदेखि हक्की संघ कास्कीको अधिवेशन समेत हुन सकेको थिएन् । नयाँ कार्यसमितिको काँधमा मैदान निर्माण पुरा गर्नुपर्ने दायित्व आएको छ । त्यही दायित्व पुरा गर्न संघले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षमा चनमन श्रीमल, द्धितीय उपाध्यक्ष्मा भरत थापा, सचिवमा बुद्धिबहादुर खत्री क्षत्री, कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् । सदस्यमा मनोज सिल्पकार, शान्ति गुरुङ, बुद्ध गुरुङ, सोमबहादुर थापा(सुजन) र नविन गुरुङ(डिबी) रहेका छन् । नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काको उपस्थितिमा अधिवेशन गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले अधिवेशनको उदघाटन गर्दै हक्की संघलाई मैदान निर्माणको तयारी गरिएको उल्लेख गरे ।
संघका नवनिर्वाचित अध्यक्ष केसीले घरेलु मैदानमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उच्च प्रदर्शन नै मुख्य चुनौति रहेको उल्लेख गरे । ‘मैदान तयार हुदैं छ । खेलाडीहरु मैदान नहुदाँ पनि जेनतेन प्रशिक्षण गरिरहेका छन् । मैदान भएपछि अझ सहज र उत्कृष्ट नजिता आउनेमा विश्वास लिएका छौं ।’ उनको भनाई थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…