
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा खोप लगाउन नाम दर्ता गर्दै खेलाडीहरु ।
पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् । खोप कार्डलाई परिचय पत्र मानेर चेक जाँच गरी खोप लगाएकालाई मात्रै प्रशिक्षण दिन सकिने उल्लेख गरे । ‘खोपले सुरक्षित छौं भन्ने सन्देश दिन खोजिरहेका छौं ।’ उनको भनाई थियो ।
आईतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले खेलकुद शून्य अवस्थामा रहेको उल्लेख गर्दै केही पूर्वाधार निर्माणको संघारमा रहेको बताए । ‘सरकारले बजेट दिएको छैन् । केवल ९ जिल्लाका पूर्वाधारलाई २ करोड रुपैयाँ छ । अघिल्लो सरकारले म्याग्दी र बाग्लुङमा खेलकुद पूर्वाधारको लागि ४ करोड दिएको छ ।’ उनले भने । मन्त्री गुरुङले पोखरा रंगशालाभित्र ६ तले मार्शल आर्ट्स विल्डिङ बनाईने उल्लेख गर्दै त्यसको लागि ६ करोड रुपैयाँ छुट्टाइएको स्पष्ट पारे । रंगशालामा सिक्ने र सिकाउने ठाँउ नै नभएपछि खेलकुद मन्त्रालयको अर्थ नहरने भन्दै उनले खेलाडी सिक्ने र सिकाउने ठाँउको लागि पूर्वाधार बनाउन ध्यान दिइएको दावी गरे ।
विभिन्न जिल्ला भ्रमण गरेर खेलकुदको पूर्वाधारको अवस्था अध्ययन गरेर फर्किएको बताउँदै मन्त्री गुरुङले सामुदायिक विद्यालयमा खेल मौदन निर्माणको लागि केही बजेट निकासा गर्ने लक्ष्य लिएको बताए । ‘विद्यालयमा खेल मैदान बनाउँदा विद्यालय समयमा अध्ययनरत विद्यार्थी र विद्यालयको समयपछि स्थानीय युवा खेलाडी खेल्न पाउने हुदाँ विद्यालयमा खेलमैदान निर्माणमा विशेष ध्यान दिएका छौं ।’ मन्त्री गुरुङले भने ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…