
काठमाडौं-पाखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले बुधबार बिदाई गरेको छ ।
बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाईन क्याफेमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाश सरण महतले खेलाडीहरुलाई खादा लगाएर बिदाई गरे ।
खेलाडीहरुलाई शुभकामना दिंदै प्रमुख अतिथी महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर र्फकन सुझाव दिए । उनले मानसिक र शारीरिक तन्दुरस्तीका साथै युवाहरुलाई समेटेर लोकतान्त्रीक माध्ययमले खेलकुदको विकास गर्ने उद्धेश्यले नेपाल लोकतान्त्रीक खेलकुद संघको स्थापना भएको बताए ।
नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशीले टोखाको नेतृत्व गर्दै प्रतियोगितामा सहभागीता जनाउन लागेका क्लब तथा खेलाडीहरुलाई शुभकामना दिंदै गजराज जोशीको जन्मस्थल र विभिन्न खेलमार्फत खेलाडी र खेलको विकास गर्दै आई रहेको बताउँदै खेलाडीहरुलाई विजयी भएर आउन बधाई दिए ।
नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका प्रमुख दीपक गुुरुङ्गले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै खेलाडीहरुलाई विजयी भएर आउन भन्दै विजयी भएर आएको खण्डमा खेलाडीहरुलाई उचित नगद पुरस्कारले सम्मान गर्ने बताए । उनले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल र खेलाडीहरुको हकर हितका लागि स्थापित संस्था भएकोले बागमती प्रदेशले विभिन्न खेल आयोजना, खेलाडीहरुलाई सम्माका साथै प्रकोपमा परेकाहरुका लागि पनि सहयोग पु¥याउँदै आएको स्मरण गराए ।
कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य लगायत बागमती प्रदेशका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
आश्विन २ देखि २२ गते सम्म आयोजना हुने लिगका लागि बागमती प्रदेशबाट प्रभाफेरी युथ क्लब, टोखाका साथै ढुकु फुटसल चण्डोल, शंखमुल फुटसल र स्काई गोल्स, चक्रपथ छनोट भएका छन् । टोली बिहिबार पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतियिोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलमा बिशाल सारुमगर ९कप्तान०, सुदीप पन्त, राज पौडेल, आलिग तामाङ्ग, सन्तलाल गुरुङ्ग, धिरज जोशी, श्रीजेश पुरी, सिजन गुरुङ्ग, विवेक सारु मगर, सुविल श्रेष्ठ, सुनिल श्रेष्ठ, धीरज श्रेष्ठ, दिपेश श्रेष्ठ, आशिष गुरुङ्ग रहेका छन् । यस्तै टिम ब्यवस्थापकमा कृष्ण राम श्रेष्ठ र टिम प्रशिक्षकमा सरोज थापा रहेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…