
काठमाडौं- आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१- ७, २१ -१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने । यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोश्रो चरणमा स्थान बनाए । रुकेशले शिवराम चौधरीलाई २१- ५, २१ -४ ले तथा पविनले शिभ राईलाई २१ -११, २१ -४ ले पराजित गरे ।
पार्कको स्थापनाको उपलक्षमा आयोजना भएको च्याम्पियनसिपमा आयुश्मान नागरीले टंक बहादुर रानालाई २१ -४ को समान अन्तरले पराजित गरे । यस्तै पेम्बा शेर्पाले सुलभ पौडेलमाथी २१- १८, २१ -१२, एपिएफका सुमन लिम्बुले योगेश खड्कालाई १६ -२१, २१-९, २३-२१, अदिश कार्कीले सुक्र तामाङ्गलाई २१-१४, २१-१५, राजु थापाले बुटवलका सुनिल कार्कीलाई २१-१३ को समान अन्तरले, दिपेन गायकले रिसोद सुवाललाई २१-११, २१-१४, बबिश थापाले सुदय झालाबाट वाक ओभर, नविन सिलवाल दितिक न्यौपानेलाई २१-१५, २१-१३, विवेक भट्टराईले-ब्रिन्जन बस्नेतलाई १२-२१, २४-२२, २१-१८, एशिया जवेगुले रामु हाङ्ग राईलाई २१-११, २१-१५, बुटवलका रोहित बरालले रोमी राईबाट वाकओभर तथा सेनाका विवेक चौधरीले सुर्खेतका नरेन्द्र बमलाई १८-२१, २१-१५, २१-१३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले शुक्रबार एक कार्यक्रमकाविच च्याम्पियनसिपका साथै रिभाईभमा स्थापना गरिएको क्लबको समेत पानशमा दिप प्रज्वलन गर्दै उद्घाटन गरे । क्लबमा ब्याडमिन्टन कोर्टका साथै, पौडी पोखरी, जिम हल, सौना, ज्यागुजी लगायत कराते तथा उसु कक्ष समेत रहेको छ ।
सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गरिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ । करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…