
पोखरा-दुई महिनाको प्रशिक्षण पश्चात सविन मेमोरियल फुटसल क्लब(फुटबल क्लब)नेपाली फुटसल इतिहासमै पहिलो पटक आयोजित फुटसल लिग च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । आईतबार ढुकु फुटसल क्लबसँग प्रतिस्पर्धामा उत्रिदैं छ । पोखराबाट दुई क्लबले फुटसल लिग च्याम्पियनसिपमा उपस्थिति जनाउँदा पूर्वदेखि पश्चिमसम्मका बाँकी ८ क्लबले उपाधि प्रतिस्पर्धाको लागि पोखरा आईसकेका छन् । राउण्ड रोविनमा एक क्लबले ९ खेल खेल्ने छ ।
नियमकै हिसाबमा विभिन्न फुटसल एरिनामा खेलिने फुटसल भन्दा निकै फरक छ । नेपालमा फुटसलको विकास हुदैं गएको छ । टर्फ मैदाना फुटसल हुदैं आएको छ । प्रतियोगिता समेत टर्फमै आयोजना हुने गरेका छन् । तर अखिल नेपाल फुटबल संघ एन्फाले पोखरामा पहिलो पटक पार्केटिङमाथि म्याट विछ्याउँदै पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको छ । विशेष त अन्तराष्ट्रिय क्षेत्रमा पार्केटिङमा हुने फुटसल नेपालमा भने पार्केटिङमाथि म्याट ओछ्याईएको छ ।

‘फुटसल पार्केटिङको पीचमा हुने हो । तर हाम्रोमा भने म्याट विछ्याइएको छ । टर्फमा खेल्दै सिक्दै आएका थियौं । एरिना नै फरक छ ।’ सविन मेमोरियल फुटसलका प्रशिक्षक राजेन्द्र तामाङले भने–‘सबै नयाँ छ । नियम पनि बुझ्दै छौ । हामीले खेल्ने सामान्य फुटसल भन्दा फरक छ ।’ व्याकपास दिन पाईन्न् । पाँच पटक व्याक गोलकिपरलाई पास दिए काउण्ट हुन्छ । त्यसपछि छैटौं पटकमा भने विपक्षीलाई पेनाल्टीको अवसर दिईने छ । पहिलो हाफमा ५ पटक भन्दा बढी व्याक गोलकिपरलाई पास दिन पाईन्न् । अतिरिक्त समय भने हुदैन् । बल आउट गएपछि समय रोकिन्छ । बल शुरु भएपछि समय पनि शुरु हुन्छ । खेलाडी परिवर्तन बाहिरिने खेलाडी विफ लिएर बाहिरिन्छन् ।
क्लबका सदस्य एवं नेपाल फुटसल संघका केन्द्रीय सदस्य सन्तोष पराजुलीले भइरहेका फुटसल एरिनामा खेलिने फुटसल भन्दा पनि फरक हुने हुदाँ खेलाडीले नियम बारे बुझ्न जरुरी रहेको उल्लेख गरे । क्लबका व्यवस्थापक सन्जय लिगलले पोखरामा आयोजित पहिलो फुटसल लिग च्याम्पियनमा उपाधि रक्ष ागर्ने योजनासहित खेलाडीले मेहनत गरेको प्रष्ट पारे । क्लबलाई विभिन्न संघसंस्थाले प्रायोजन समेत गरेको छ । खेलाडीसँगै शनिबार जर्सी समेत सार्वजनिक गरिएको छ । टिम कप्तान अनुप राना(अला) रहेका छन् । अविनाश तामाङ(पिभोट), सुनिल नेपाली(गोलकिपर), रोमन थापामगर(गोलकिपर), सन्जय जलारी(फिक्सो), मनोज गुरुङ(अला), सुनिल विक(पिभोट), मनिष सेढाई(फिक्सो), मनिष क्षत्री(अला), सरोज गुरुङ(अला),विनम गुरुङ(अला),एलन गुरुङ(अला), बरदान ताङ्बे लामा(अला) र सन्तोष खवास(फिक्सो) रहेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…