
पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । पोखरामा आइतबार सम्पन्न भएको मञ्चको एघारौं साधारण सभा तथा सातौं अघिवेशनले अध्यक्ष पराजुली सहितको २१ सदस्यिय कार्य समितीलाई आगामी तीन वर्षका लागि निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन ।
अधिवेशनले मञ्चको प्रथम उपाध्यक्षमा दिलबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा खेमबहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सह–कोषाध्यक्षमा हरि बहादुर बरुवाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।
संस्थाको कार्यसमिती सदस्यमा याम बहादुर गुरुङ, दिनेश कुमार श्रेष्ठ, ओम बहादुर गुरुङ, भरत कुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ती थापा, राम बहादुर क्षेत्री, गजबहादुर गुरुङ, ज्वाला थापा, क्या. सम्मरबहादुर थापा र रमेशकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…