
पोखरा-पोखराको भिन्तुना क्लबले हक्की टिम तयार गरेको छ । पिताम्बर थापाको कप्तानीमा ८ सदस्यीय टोली गठन गरिएको छ । टिममा असिम ठकुरी,हेमन मगर, खेम थापा, कुन्जन थापा, सुजन विक, युनिस गुरुङ र सागर रहेका छन् । यसैगरी टिम व्यवस्थापकमा मनिष सुवाल रहेका छन् ।
भन्तिुना क्लबले हक्कीको लागि नियमित प्रशिक्षण गर्दै आएको छ । पोखरा रंगशालामा क्लबले हक्की प्रशिक्षण गर्दै आएको छ । प्रशिक्षणसँगै क्लबले हक्की टिम तयार गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…