
काठमाडौं-विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा भईरहेको छैठौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा आज जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमन्डसामु निकै निरिह बनेको एभरेटष्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै न्यु डायमन्डले जारी प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
प्रतियोगिता अन्तर्गत मंगलबारकै अर्को खेलमा विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५–११,२५–७ र २५–६ को जित निकालेको हो ।

यससँगै एपिएफले पनि जारी प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।प्रतियोगितामा भोली महिला तर्फ ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दोस्रो खेल एभरेष्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…