
ब्याडमिन्टन
काठमाडौं- बालकुमारीस्थित रिमिक्स क्लबको आयोजनामा बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ बिहिबारदेखि आयोजना हुने भएको छ ।
ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० ¥याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए ।
आयोजकको आफ्नै कोर्टमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष युगल तर्फ ६१ टिमको सहभागिता रहेको प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराए ।
प्रतियोगितामा बिजयी शिर्ष तिनका टिमले मेडल, ट्रफी, प्रमाण पत्रका साथै पुरुष युगल तर्फ प्रथमले ६५ हजार, द्वितीयले ४० हजार र तृतीय द्वयले २०–२० हजार तथा भेट्रान्स तर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय द्वयले १०–१० हजार प्राप्त गर्ने संयोजक चित्रकारले बताए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…