
पोखरा-निर्वाचन भएर आएको चार वर्ष पुग्न चार महिना मात्रै बाँकी छ । निर्वाचित भएर आएको कास्की जिल्ला फुटबल संघले चारवर्षको अवधिमा एक पटक पनि वार्षिक साधारण नै नगरी कार्यकाल टुग्याउने संघारमा छ । आगामी माघमा कार्यकाल सकिन्छ ।
क्लबलाई अनुगमन गर्ने निकाय नै यस्तो बिजोग अवस्थाबाट गुज्रिएको छ । चारवर्षको अवधिमा ठोस योजना बनेन । हचुवाकै भरमा निर्णय गरियो । निर्णयलाई माईन्युट समेत गरिएन् । त्यही निर्णय फुटबल संघलाई गलपासो बनिदियो । ‘चारवर्ष टुंगिन लाग्दा एक पटक पनि वार्षिक साधारण सभा गरिएन् । कार्यकाल त्यसै सकिनै लाग्यो ।’ फुटबल संघकै पदाधिकारी बताउँछन् ।
कास्की जिल्ला फुटबल संघको २०७४ साल माघमा नयाँ कार्यसमिति आएको हो । मिलन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति आएपछि क्लबस्तरीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता मनकामना केवलकार पोखरा कप आयोजना गरियो । त्यो नै एकमात्र प्रतियोगिता बन्यो । त्यसभन्दा अघि संघले नै तीन संस्करण सफल पोखरा कप सम्पन्न गरेको थियो । सफल पोखरा कपपछि मनकामना केवलकारले प्रायोजन गरेपछि तीन संस्करण आयोजना गरियो ।
२०७५ सालमा आयोजित मनकामना केवलकार पोखरा कपको आयव्यय सार्वजनिक हुनै सकेन् । आयव्यय नदेखाइएपछि फुटबल संघभित्रै तिब्र विवाद निम्तियो । विवादलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन गर्नुपर्यो । छानविनले आर्थिक पारदर्शिता नदेखिएको पोखरामै पत्रकार सम्मेलन गरेर छानविन समितिले सुनाएर फर्कियो । छानविनको रिपोर्ट भने एन्फाले सार्वजनिक गरेन । आर्थिक पारदर्शिता नभएको प्रष्ट देखिएपनि एन्फाले प्रतिवेदन सार्वजनिक नगरी कास्की जिल्ला फुटबल संघप्रति कार्वाहीको छनक देखाएन । एन्फा मुकदर्शक बनेर बसिदियो ।
आर्थिक पारदर्शितासँगै फर्जी चेकले घटना नै निम्त्यायो ।
पोखरा–२९ भण्डारढीकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा फर्जी चेककै कारण बर्तमान गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले हातपात गरेका थिए । फर्जी चेक दिएको भन्दै तत्कालिन समयमा प्रदेश सदस्य रहेको राजीव गुरुङ(दिपक मनाङे)ले हातपात गरेपछि छानविन शुरु भएको थियो । छानविनै क्रममा दोषी देखिएपछि अध्यक्ष मिलन गुरुङलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कार्वाही गरेको थियो । आर्थिक पारदर्शिताकै सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले समेत छानविन गरेको थियो ।
विद्यालयस्तरीय, अन्तराष्ट्रियस्तर र क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता तथा एकेडेमी सञ्चालनको आयव्ययको विवरण सार्वजनिक नहुदाँ कास्की जिल्ला फुटबल संघप्रतिको विश्वास गुमेको छ । ‘एकपटक मात्रै अडिट गरेर पठाइएको छ । एन्फाले छानविन गर्ने बेलामा अडिट गरिएको हो ।त्यसपछि छैन् ।’ स्रोतले भन्यो । कास्की जिल्ला फुटबल संघभित्र अहिले तिक्तता छ । कोषाध्यक्ष विजया गुरुङले एन्फाको छानविनकै दौरानमा राजीनामा दिईसकेकी छन् । संघ कोषाध्यक्ष विहीन छ ।
हरेक काम कर्तव्य अहिले अध्यक्ष गुरुङको काँधमा छ । अन्य पदाधिकारी भने उनीसँग सम्पर्क विहीन छन् । पदाधिकारी र अध्यक्ष बीचको फाटोले पनि वार्षिक साधारण सभा हुनै नसकेको ठम्याई छ । ‘अध्यक्षको मनोमानी निर्णय हुन्छ । निर्णयकै कारण भाँडभैलो हुदैं आएको छ ।’ स्रोतको ठम्याई छ । संघका अध्यक्ष मिलन गुरुङले पनि बार्षिक साधारण सभा बस्न नसकेको स्वीकार्छन् । ‘अब चुनाव अघि नै वार्षिक साधारण सभा टुग्याउँछौं ।’ अध्यक्ष गुरुङले भने–‘कोभिडकै कारणले पनि केही गर्न सकिएन् ।’


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…