
file pic
काठमाडौं-आसभ सिंह हााडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी नजिक पुगेका छन् । तदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को खेलमा स्पन्दनले संम्खा हाङ्ग राईलाई ६–०, ६–१ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १४ छात्र तर्फ आयुश्मान घलेले बोरिस अधिकारीलाई ६–१, ६–१ ले तथा राजविर प्रधानले निश्चल कायस्थलाई ६–०, ६–० ले पराजित गर्दै उपाधी निकट पुगेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…