
काठमाडौं- जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा।लि। किड्स ट्रायथोलनको उपाधी हात पार्न सफल भएका छन् ।
स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्रायथोलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्रायथोलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि।मि। साईक्लिङ्ग र १.५ कि।मि। दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधी हात पारेकी हुन् । बिजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईज तर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनट, १२।७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७।२० सेकेन्डमा पुरा गरे । यस्तै गल्र्स तर्फ परिधी भण्डारीले २५ मिनट १७।१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२।५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे ।
दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे ।
प्रतियोगितामा ब्वाईज तर्फ जोर्डन श्रेष्ठ र गल्र्स तर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी काठमाण्डौं महानगरपालिका वडा नं। ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २२ ब्वाईज र ७ गल्र्सको सहभागिता रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…