
file Pic
पोखरा-दुईवर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिदैं छन् । नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ ।
कास्की जिल्ला टेनिस संघको आयोजना र व्यवस्थापनमा नेपाल टेनिस संघको सहयोगमा नोभेम्बर २९ तारिखमा नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप हुदैं छ । पहिलो साता सर्किट १ को प्रतिस्पर्धा हुने छ । सर्किट १ सकिए लगत्तै सर्किट २को प्रतिस्पर्धा शुरु हुने छ ।
पोखराको कोर्टमा प्रतिस्पर्धा गर्न नेपालसहित भारत,अमेरिका, जर्मन, स्पेन, चीन, थाईल्याण्ड, फिलिपिन्स, मलेसिया, हङकङ लगायत देशका यु–१८ खेलाडी आउने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए । ‘पहिलो दिुई दिन क्वालिफाईङ खेल्छन् । क्वालिफाईङमा छनोट भएको खेलाडीहरुले मुख्य प्रतिस्पर्धामा सहभागिता जनाउने छन् ।’ उनको भनाई थियो । मुख्य प्रतिस्पर्धाको लागि खेलाडीहरुले प्राप्त गरेको अंकको आधारमा समावेश हुने पाउने छन् ।
कोभिड–१९ भन्दा अघि पोखरामै आईटिएफ यु–१८ आयोजना गरिएको थियो । २६ देशका १७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कोभिड–१९ले विश्वलाई गाँजिरहेको अवस्थामा पोखरामा आयोजना गरिने प्रतियोगिताले खेलकुदमा नयाँ आयाम थप्ने विश्वास खेलप्रेमीको छ ।
संघले आईटिएफ यु–१८ आयोजना आफैंमा अवसर र चुनौति रहेको जनाएको छ । गतवर्ष भारतमा आयोजना भएको आइटिएफ अन्तर्गतको यो प्रतियोगितामा कोभिड–१९ को सुरक्षा मापदण्ड नअपनाएको भन्दै जरिवाना तिरेको थियो । त्यसैले पनि सुरक्षा मापदण्डमा कडाई र सुरक्षित गर्नुपर्ने चुनौति संघलाई रहेको अध्यक्ष गुरुङको भनाई थियो । कोभिड–१९ को सुरक्षा मापदण्ड अपनाउनुपर्ने छ । भएका ६ वटै क्ले कोर्टलाई मर्मत गर्नुपर्ने अवस्था छ ।
‘प्रत्येक कोर्ट प्रवेशमा सेनिटाईजर, अनिवार्य माष्क, सरसफाईमा ध्यान दिनुपर्ने अवस्था छ ।’ उनले भने–‘स्वास्थ्य सुरक्षा र सरसफाई महत्वपूर्ण पाटो हुन् । खेलाडीले सरसफाईर स्वास्थ्य सुरक्षाको विषयमा उजुरी दिए जरिवाना तिर्नुपर्छ ।’ नोभेम्बर २९ तारिखदेखि शुरु हुने सर्किट १ को लागि खेलाडीहरु हप्तादिन अघि नै पोखरा आउने सम्भावना रहेको उनको भनाई थियो ।
कोर्ट मर्मतको लागि सुर्की हाल्ने काम केही दिनमै शुरु गरिने संघले जनाएको छ । कोभिड–१९ कै कारण लामो समय पोखरा रंगशाला बन्द अवस्थामा थियो । कोरोना विरुद्धको खोप खेलाडी तथा अफिसियलको पहुँच पुगेपछि खेलकुद क्षेत्रलाई केही खुकुलो बनाईएको छ । खेलाडी सबैले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । पोखरामा आईटिएफको सिनियर प्रतिस्पर्धा गरिसकिएको छ । त्यसपछि एटिएफ यु–१४ तथा आईटिएफकै यु–१८ च्याम्पियनसिप आयोजना गरिसकिएको कास्की जिल्ला टेनिस संघले जनाएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…