
स्याङजाका बलर सन्देश सुनार म्याच अफ दि म्याच घोषित ।
पोखरा-नवलपुरलाई ८ विकेटले पराजित गर्दै स्याङजा गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । नेटरनरेटले .स्याङजा टिम च्याम्पियन बन्ने सम्भावना छ । टस जित्दै व्याटिङ थालेको नवलपुर केवल ५० रनमै समेटिन पुगेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत बिहीबार स्याङजाले नवलपुरलाई सस्तैमा समेट्ने क्रममा नौ व्याटर दोहोरो अंकको रनविहीनमै पभेलियन फर्किए ।
ओपनिङ व्याटर गोविन्द विक मात्रै क्रिजमा सम्हालिन पुगे । पहिलो विकेटको रुपमा नविन मल्ल आउट भए । उनको खातामा केवल ३ रन जोड्ने क्रममा १२ बल खेलिसकेका थिए । उनी विष्णु पाण्डेको बलिङमा एलबी डब्लुको धरापमा परे । कास्कीसँगै उत्कृष्ट व्याटिङ गरेको दिपक डुमे्र २ रनमै आउट भए । उनीपनि सन्देश सुनारको बलमा एलबी डब्लु हुदैं पभेलियन फर्किए ।
तेस्रो विकेट पनि नवलपुरको सस्तैमा आउट हुन पुग्यो । सन्देश सुनारले विदुर पुनलाई २ रनमै बोल्ड गरे । त्यसपछि आएका कमल परियार विष्णु पाण्डेको बलमा क्याच भए । परियार रनको खाता नखोली फर्किए । उनीसँगै जग्गु सापकोटा सन्देश सुनारको बलमा क्याच भए । उनी पनि शून्यमै फर्किएका थिए । नवलपुरले कास्कीलाई अन्तिम ओभरमा एक बल बाँकी छदाँ जित निकालेपनि स्याङजासँग भने व्याटिङ चल्नै सकेन् ।
दशौं नम्बरमा आएका स्वीकार श्रेष्ठले ६ रन बनाए । ओपनर गोविन्द विक सन्देश सुनारकै बलमा बोल्ड हुदाँ सर्वाधिक २३ रन आफनो खातामा लेखाएका थिए । ५२ बल खेल्दै १ चौका उनले प्रहार गरे । स्याङजाका सन्देश सुनारले ८ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए । विपिनराज न्यौपानेले ३ ओभरमा २ मेडन राखदै ४ रन दिए ३ विकेट लिए ।
५१ रनको जितको लक्ष्यलाई स्याङजाले दुई विकेटको क्षतिमा १३.३ ओभरमा पुरा गर्यो । पहिलो विकेटको लागि २६ रनको साझेदारी गरेपछि स्याङजाले जितको लक्ष्य सहज पछ्याएको थियो । सुरज गौतमले नटआउट २० रन हिर्काएपछि स्याङजाले नवलपुरमाथि ८ विकेटको जित निकाल्यो । गौतमले १८ बल खेल्दै २ छक्का प्रहार गरे । ओपनर सन्दीप खत्रीले १४ रन जोड्न २२ बल खर्चिए । ३ चौका व्याटबाट निकाले । त्यस्तै करण पंगेनीले ११ रन बनाउन २२ बल खेलेका थिए ।
खत्रीलाई सुदीप अर्यालले बोल्ड गर्दा करण पंगेनी स्वीकार श्रेष्ठको बलमा कमल परियारको हातबाट क्याच हुदैं आउट भए । स्याङजाका सन्देश म्यान अफ दि म्याच घोषित भए । तीन खेलमा स्याङजाले दुई जित र एक हार व्यहोरेको छ । जितले नेटरनरेटमा स्याङजा गण्डकी प्रदेश टिम च्याम्पियन बन्ने सम्भावना छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…