
पोखरा-दिपक डुम्रेको उत्कृष्ट व्याटिङ प्रेरित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । वाई वाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अघिल्लो दुई खेलमा पराजित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै जित आत्मसात गर्यो ।
कर्णालीले दिएको ११४ रनको लक्ष्यलाई गण्डकी प्रदेशले ७ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २६.५ ओभरमा पुरा गर्यो । दिपक डुम्रेले तेस्रो नम्बरमा आउँदै ३४ रनको उत्कृष्ट प्रदर्शन गरेपछि गण्डकीले सहज जित पछ्याएको थियो । ओपनरद्वय मिलन क्षत्री र अर्जुन कुमाललाई ४ र १४ रनमा आउट भएपछि गण्डकीलाई सम्हाल्ने जिम्मेवारी डुम्रेको काँधमा आएको थियो । डुम्रेले ३४ रन बनाउने क्रममा ५० बल खेल्दै ६ चौका प्रहार गरे । उत्सव श्रेष्ठले २६ रनको योगदान दिदाँ सुजन गौतमको नाममा १३ रन स्कोरमा चढेको थियो ।
कमल परियारको प्रभावशाली बलिङ देखाएपछि कर्णाली प्रदेश ११३ रनमै समेटिएको थियो । कमलले ६ओभरमा २४ रन खर्चिएर ४ विकेट लिदैं म्यान अफ दि म्याचको हकदार बन्दा अर्का गण्डकीका बलर किरण पौडेलले ३ विकेट लिएपछि कर्णाली धरासायी बनेको थियो । प्रकाश जैसीले २६ रन बनाई आउट हुदाँ रुपक दाहालले २० र अनुज चुनराले २२ रन बनाई पभेलियन फर्किए । ओपनर मनिष थापा ११ रनमा आउट भएका थिए । विपिन रावललाई किरण पौडेलले शून्यमै आउट गरेपछि कर्णाली दबावमा परेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…