
पोखरा अर्जुन कुमालको व्याटिङ र कमल परियारको बलिङ प्रेरित गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले प्रदेश नं २ लाई ५५ रनले पराजित गर्दै दोस्रो जित निकाल्दा परियार प्लेयर अफ दि म्याच घोषित भए ।
रोशन विक र तीर्थराज दासको जोडीलाई किरण पौडेलको बलमा कमल परियारले क्याच गरेपछि साझेदारी टुटेपछि प्रदेश नं २ कमजोर बन्न पुग्यो । रोशन विक २३ रनमा पभेलियन फर्किएपछि धर्मराएको प्रदेश २ लाई सम्हाल्ने व्याटर देखिएनन् । दासले गण्डकीका कप्तान सुवास भण्डारीले किरण पौडेलको हातबाट क्याच गराएपछि बाँकी व्याटरहरु बीच साझेदारी हुनै सकेन् । पाँचौदेखि दशौंसम्म व्याटरलाई कमल परियारले आउट गरेपछि १५७ रनको लक्ष्य पछ्याएको प्रदेश नं २ केवल १०१ रनमा समेटिएको थियो । सुवास भण्डारीले ३ विकेट लिदाँ बाँकी दुई विकेट लिए ।
पहिले व्याटिङमा उत्रिएको गण्डकीले अर्जुन कुमालको प्रदर्शन फेरी एक पटक सम्झन योग्य रह्यो । उनले ओपनिङ गर्दै ४७ रनको महत्वपूर्ण इनिङ खेले । कुमालले ८८ बल खेल्दै ७ चौका प्रहार गरे । सातौ नम्बरमा आएका सन्देश सुनारले पनि २६ रनको योगदान गरेपछि मध्यस्कोर तर्फ उन्मुख हुन पुग्यो । ६२ बलको सामना गर्ने क्रममा ४ चौका उनको व्याटबाट निस्कियो । त्यस्तै कमल परियार र सचिनराज अधिकारीले समान १४ रनको योगदान गरेका थिए । २७ रन अतिरिक्त थपियो । विवेक यादवले ५ विकेट र गुल्सन झाले ३ विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…