
पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुसार मनाङमा मनाङ जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । मनाङ फुटबल संघको आयोजना दोस्रो पटक लिग आयोजना गरिएको हो । मनाङमा कोरोना संक्रमण अघि २०७६ सालमै पहिलो पटक जिल्ला लिग आयोजना गरिएको थियो ।
मनाङको तिमाङस्थित फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा हिमालयन युवा क्लबले चामे युवा समूहलाई १–० ले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो । खेलको २५ औं मिनेटमा कर्ण गुरुङ गोल निर्णायक हुदाँ हिमालयनले लिगमा तीन अंक जोड्यो । प्रतियोगितामा मनाङ फुटबल संघमा आवद्ध ६ क्लबले प्रतिस्पर्धा गरेको मनाङ फुटबल संघका उपाध्यक्ष यज्ञ घलेले जानकारी दिए । उनका अनुसार विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने छ । उपविजेताले २५ हजार रुपैयाँ पाउने छ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ । मनाङमा बढ्दै गएको चिसोकै कारण लिग छिटो सक्नुपर्ने अवस्था रहेको जनाउँदै संघले ३०/३० मिनेट खेलाएको छ । समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाईमा रहेको तिमाङ खेलकुद मैदानलाई राष्ट्रिय खेलकुद परिषदले हाईअल्टिच्युट खेल मैदानको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । यो वर्ष मनाङसहित अन्य चार जिल्लामा हाईल्टिच्युट खेल मैदान बनाउन ६० लाख रुपैयाँ विनियोजन भएको छ । मनाङको तिमाङ खेल मैदानकोे १ करोड ४१ लाख रुपैयाँ खर्च गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदबाट ४७ लाख, युवा तथा खेलकुद मन्त्रालयबाट १० लाख, जिल्ला विकास समिति मनाङबाट ६७ लाख ५० हजार, निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत टेकबहादुर गुरुङ मार्फत ९ लाख ५०हजार, पूर्व मन्त्री देवप्रसाद गुरुङले निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत १ लाख, मनाङ मस्र्याङ्दी क्लबले १ लाख ५० हजार, धारापानी गाँउपालिका, धारापानीले ५० हजार, थोंचे गाँउपालिका थोंचेबाट ५० हजार, ताचै बगरछाप गाउँपालिकाबाट ५० हजार, चामे गाँउपालिकाबाट ५० हजार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)बाट ५० हजार रुपैयाँको आर्थिक सहयोगबाट तिमाङ खेलमैदान निर्माण गरिएको हो । मैदान २०७४ सालमा निर्माण गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…