डबल्स तर्फ नेपालीको उत्कृष्ट प्रदर्शन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १६ गते २०७८ मा प्रकाशित


पोखरा-नेपालकी महिला शीर्ष बरियताकी सलोनी तामाङले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा उभिएकी छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत बिहीबार तामाङले भारतीय खेलाडी तनुश्री पाण्डेलाई सोझो सेटमा पन्छाईन् । पहिलो सेटमा ६–३ले आफनो पक्षमा पारेकी उनले दोस्रो सेट ६–१ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढिन् ।

यसैगरी डबल्स तर्फ नेपाली जोडीले सफलता प्राप्त गर्ने क्रममा महिला र पुरुष दुवै टोलीले भारतीय टोलीले पराजित गरेको थियो । महिला डबल्स तर्फको प्रतिस्पर्धामा नेपाली खेलाडी अभिलाष विष्ट र सलोनी तामाङको जोडीले नियती भारतीय कुक्रेती र सोहिनी सन्जयमोहीको जोडीलाई सुपरटाईमा पराजित गरे । पहिलो सेट १–६ मा गुमाएर दबावमा रहेका नेपाली जोडीले दोस्रो सेट भने आफनो पक्षमा पार्दै लयमा फर्किए । दोस्रो सेट अभिषाला र सलोनीले ६–३ को सेटमा पन्छाएका थिए ।

अन्तिम सेट भने सुपरटाईमा पुग्यो । अन्तिम सेटमा भारतीय खेलाडीलाक्ष्ई १२–१०ले लिदैं जितको खुशी मनाए । महिला तर्फकै अर्को प्रतिस्पर्धामा नेपालकी रायना शाह र प्रकृति श्रेष्ठको जोडीले भारतीयखेलाडी श्रीनिधि रेड्डी र तनुशको जोडीलाई ७–६(८), १–६ र १०–७ को सेटमा पन्छाउँदै यात्रालाई निरन्तरता दिए । पुरुष तर्फको डबल्स प्रतिस्पर्धामा आर्यन गिरी र आरभसम्राट हाडाको जोडीले भारतीय निखिल मित्तल र आर्नभ यादवको जोडीलाई ४–६, ७–६(४) र अन्तिम सेट सुपरटाईमा १०–५ को सेटमा पराजित गरेका थिए ।

पुरुष एकल तर्फको प्रतिस्पर्धामा हंगेरीका लोरेन्ट ग्योरीले अमेरिकाका सिदार्थ लामालाई ७–६(२), ६–२ को सेटमा पराजित गरे । त्यसैगरी स्वीडेनका एमिलियो जायलकोस्कीले अमेरिकाका मेथरी बारोटलाई ६–४, ६–३को सेटमा पराजित गरेका थिए । भारतीय खेलाडी चन्दन चौहानले डेनमार्कका अलेक्जेण्डर नर्दल क्लाउसेनलाई ७–५, ६–१को सेटमा पराजित गरेका थिए ।