
पोखरा-पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत महिला तर्फ शीष बरियताकी नेपाली खेलाडी सलोनी तामाङ फाईनल प्रवेश गरेकी छन् ।

शुक्रबार पोखरा रंगशाला टेनिस कोर्टमा झरीले ढिलो गरी शुरु भएको प्रतिस्पर्धामा सलोनीले भारतीय खेलाडी सोझो तर प्रतिस्पर्धात्मक जित निकाल्दै फाईनल प्रवेश गरेकी हुन् ।

सलोनीले भारतीय खेलाडी सुखमणि भण्डारीलाई ७-६-(४), ७-६(४) को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी हेनाह नागपालसँग शनिबार प्रतिस्पर्धा गर्ने छिन् । नागपालले आफनै देशकी मेहेर मिश्रालाई ६-१,६-२ को सेटमा पराजित गरेकी थिईन् ।

पुरुष एकल तर्फको प्रतिस्पर्धामा स्वीडेनका एमिलियो जायलकोस्कीले हंगेरीका लोरेन्ट ग्योरीलाई पराजित गर्दै फाईनल सुरक्षित गरेका छन् ।



पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…