
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै युवा लेग स्पिनर सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ ।
क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । खेलाडीको बर्गीकरणको विषयमा कप्तान, उपकप्तान दिपेन्द्र सिंह ऐरी लगायत चार खेलाडीले केही सञ्चार माध्यय दिएको अभिव्यक्तिपछि मागेको स्पष्टिकरण चित्त नबुझेको भन्दै क्यानले कारबाही पक्रिया अगाडि बढाएको थियो । सो क्रममा समिति पनि गठन गरेको थियो । सो समितिले दिएकोे प्रतिवदेशको आधारमा क्यानको बोर्ड बैठकमा छलफल भएको थियो र बैठकले ज्ञानेन्द्रलाई कप्तानबाट हटाउने निर्णय गरेको हो ।

खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको मल सहित केही सिनियर खेलाडीको गुनासो थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले कप्तान मल्ल सहित खेलाडीमाथि कारबाही गरेको हो ।
बैठकले खेलाडी आचार संघीता उल्लंघनमा मल्ल सहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ ।
क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आगामी डिसेम्बर २१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । एक साता अघि मात्र नियुक्त भएका प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीलाई सम्हाल्ने तालिका रहेको छ ।
साथै नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…