
पीच मर्मत गरिदैै । तस्बिर प्रदीप राउतको फेसबुक पेजबाट ।
पोखरा-आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ । डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा शुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । पोखरा रंगशाला क्रिकेट मैदान यतिबेला नियमित जसो व्यस्त छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश छनोट भईरहेको छ । धनगढीमा आयोजना हुने प्रतियोगिताको लागि कास्की र स्याङजाको टोली बीच छनोट प्रतिस्पर्धा भएको छ । दुईवटा पीच तयारी अवस्थामा छ ।
ओमानमा हुने टी–२० विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली पोखरा आउने छ । फेब्रअरीमा ओमानमा विश्वकप छनोटको लागि नेपालले प्रतिस्पर्धा गर्ने छ । पुरुष राष्ट्रिय क्रिकेट टोलीको यो चौथो पोखरा भ्रमण हो । यसअघि तीन पटक पोखरामा क्रिकेट टिमको बन्द प्रशिक्षण भएको थियो । कोरोना शुरु हुनुभन्दा दुई महिना अघि मात्रै क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा गरिएको थियो । २०७६ साल माघको पहिलो साता नेपाल भ्रमणमा रहेको मलेसियाको टोलीसित बन्द प्रशिक्षणमा रहेको नेपालको टोलीले मैत्रीपूर्ण खेल खेलेको थियो ।
पोखरामा क्रिकेटको बन्द प्रशिक्षणकै लागि २०७० सालमा आईपुगेको थियो । झण्डै एकसाता बन्द प्रशिक्षण पछि टोली राजधानी फर्किएको थियो । सन १९९६ मा पोखरामा पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण रंगशालामा पहिलो पटक क्रिकेट टिमको बन्द प्रशिक्षण भएको उनको भनाई थियो ।
कास्की जिल्ला क्रिकेट संघले मैदान मर्मत सम्भार गरेको छ । दुईवटा पीच तयारी अवस्थामा छ । दुई पीच मर्मत गर्नुपर्ने खाँचो छ । गत आर्थिक वर्षमै संघले राष्ट्रिय खेलकुद परिषदले छुट्टाएको २५ लाख रुपैयाँबाट मैदान संरक्षण गर्नेगरी तारजाली लगाईसकेको छ । थप एक करोड रुपैयाँ परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि छुट्टाएपनि निकासा भने भईसकेको छैन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…