
धरान । स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन १ स्ट्रोकको अग्रता लिएका छन् ।
धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रले ३ अन्डर ६७ को स्कोरसहित समग्रमा २ अन्डर १ सय ३८ स्कोर जोडे । १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता समेत रहेका उनले १ अन्डर १ सय ३९ स्कोर बनाएका रवी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन् । रवीले दोस्रो दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ अन्डर ६६ को स्कोर लेखाए । उनले पहिलो दिन ३ ओभर ७३ खेलेका थिए ।
पहिलो दिन अग्रतामा रहेका निरज तामाङले दोस्रो दिन ४ अन्डर ७४ को स्कोर जोड्दै समग्रमा तेस्रो भए । उनले समग्रमा १ ओभर १ सय १४१ स्कोर जोडेका छन् । समग्रमा २ ओभर १ सय ४२ स्कोरसहित बलभद्र राई र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन् । छैटौं स्थानमा ४ ओभर १ सय ४४ स्कोर जोडेका सुर्य प्रसाद शर्मा रहेका छन् ।
संयुक्त सातौँ स्थानमा ६ ओभर १ सय ४६ स्कोरसाथ संजय लामा र सविन सापकोटा छन् । नवौं स्थानमा ७ ओभर १ सय ४७ स्कोर जोडेका टंकबहादुर कार्की तथा संयुक्त दशौं स्थानमा नेपाल नम्बर १ भुवन नगरकोटी र भुवन कुमार रोक्काले ९ ओभर १ सय ४९ स्कोर जोडेका छन् ।
एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङ अग्रतामा छन् । उनले १ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा ६ ओभर १ सय ४६ स्कोर जोडेका छन् । उनलाई ७ ओभर १ सय ४७ स्कोरसहित स्थानीय गल्फर जितेन्द्र राई र युवराज भुजेलले पछ्याएका छन् । एमेच्योरतर्फ यी तीनसँगै जीवन राई, सद्भाव आचार्य र बुद्धिमान सुनुवारले कट बनाए ।
समग्रमा १५ ओभर १ सय ५५ वा सोभन्दा कम स्कोर बनाएका २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका छन् । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ८८ हजार र ६५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम दिन व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।


पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…