
काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा लुम्बिनीले प्रदेश नम्बर २ माथि ४२ रन तथा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेका हुन ।
एपीएफले आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेशलाई जितका लागि ९३ रनको कमजोर लक्ष्य दिए पनि बलरको उत्कृष्ट प्रदर्शनमा एपीएफ लगातार जितको यात्रा जारी राख्न सफल भयो । गण्डकी २० ओभरमा ७ विकेट गुमाएर ९० रनमा समेटिएको थियो । अन्तिम ६ बलमा गण्डकीलाई जितका लागि ६ रननै आवश्यक भएको अवस्थामा बलिङमा आएका किशोर महत्वले केवल ३ रन खर्चिएर २ विकेट लिएपछि एपीएफले रोमाञ्चक जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले यस अघि प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो । यता गण्डकीको लगातार दोस्रो पराजय हो । यस अघि गण्डकीले पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले हारेको थियो । गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त हुन सकेन । विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरीले तीन विकेट हात पारे भने किशोर महतोले दुई तथा अविनाश बोहराको नाममा एक÷एक विकेट रह्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे । गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे । विशाल पौडेलले दुई विकेट लिए । कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक–एक विकेट हात पारे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…