
पोखरा-चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामो गण्डकी प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशसँग गोलरहित बरारबीमा टुंगिएको थियो ।
बिीरगन्जमा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २-० गोलले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो ।
गण्डकी प्रदेशको जितमा कमलदेवी पुनले गरिन् । उनले पेनाल्टी कर्नरलाई सदुपयोग गर्दै गोल गरिन् । उनको गोलसँगै अग्रता लिएको गण्डकीले दोस्रो गोल गर्दै जित पक्का बनायो । दोस्रो गोल कप्तान नानु गुरुङले गरेकी थिईन् । गण्डकीले सेमिफाईनलमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…