
पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा आउटडोर म्याट विछ्याईएपछि ।
पोखरा-अब पोखरामा ह्याण्डबलको अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न सकिने छ । अन्तराष्ट्रिय ह्याण्डबल महासंघ(आईएचएफ)ले आउटडोर म्याट सहयोग दिएपछि पोखरामा अन्तराष्ट्रिय प्रतिस्पर्धा सम्भव भएको हो । आउटडोर म्याटमा अन्तराष्ट्रिय प्रतिस्पर्धालाई महासंघको स्वीकृति हुन्छ । महासंघको मान्यतासँगै पोखरामा अन्तराष्ट्रिय प्रतिस्पर्धा हुने एकमात्र कोर्ट बनेको हो ।
कास्की जिल्ला ह्याण्डबल संघले कोर्ट २०७० निर्माण गरेको हो । पोखरा रंगशालाभित्र संघले ७६ लाखको लागतमा ह्याण्डबल कोर्टसहित भौतिक पूर्वाधार तयार गरिएको संघका अध्यक्ष चित्र थापाले जानकारी दिए । ‘ह्याण्डबलको आउटडोर म्याट सहितको कोर्ट नेपालमै पहिलो हो ।’ उनले भने–‘अब अन्तराष्ट्रिय प्रतिस्पर्धा पोखरामा आयोजना गर्न÷गराउन सकिन्छ ।’ म्याटलाई अन्तराष्ट्रिय ह्याण्डबल महासंघले सहयोग दिदाँ म्याट ढुवानीको लागि राष्ट्रिय खेलकुद परिषद, गण्डकी युवा तथा खेलकुद मन्त्रालय, नेपाल ह्याण्डबल संघ तथा कास्की जिल्ला ह्याण्डबल संघले आर्थिक सहयोग जुटाएका थिए । उनका अनुसार गण्डकी युथा तथा खेलकुद मन्त्रालयबाट १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । ‘आउटडोर म्याट विछ्याउन २० लाख रुपैयाँ खर्च लाग्यो ।’ उनको भनाई थियो । प्रदेश सरकारबाट १२ लाख रुपैयाँ र अन्य विभिन्न संघसंस्थाबाट ८ लाख रुपैयाँ जुटाई म्याट विछ्याइएको उनले बताए । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार ४५ मिटर लम्बाई र २५ मिटर चौडाईको छ ।
ह्याण्डबल इण्डोर खेल हो । इण्डोर भएपनि नेपालमा ह्याण्डबल खेल्न इण्डोरकोर्टसहितको हल छैनन् । अधिकांश कोर्ट आउटडोर नै छन् । पोखरामा यु–१९ अन्तराष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना गर्ने योजना समेत कास्की जिल्ला ह्याण्डबल संघको छ । अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धाले अर्को आउटडोर म्याट सहयोग आउने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष थापाले यु–१९ अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने चुनौति रहेको बताए । ‘यु–१९ अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिए अर्को आउटडोर म्याट आउँछ ।’उनले भने–‘नियमित ह्याण्डबल प्रतियोगिता आयोजना गरिने बाटुलेचौरमा भईरहेको कोर्टलाई म्याट विछ्याउन व्यवस्थापनको पहल गरिने छ ।’
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा ह्याण्डबल प्रतियोगिता आयोजना गरिएको थियो । पोखरा रंगशाला बहुउेद्दश्यीय कभर्ड हलमा म्याट विछ्याई दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा आयोजना गरिएको ह्याण्डबलकै क्रममा आउटडोर म्याटको पहल गरिएपनि ढिला भएको उनको भनाई थियो । ‘सागकै बेलामा म्याट आउने अपेक्षा थियो । तर ढुवानीको सबै खर्च व्यवस्थापन गर्नुपर्ने भएकोले ढिला हुन पुग्यो ।’ उनले भने । अध्यक्ष थापाका अनुसार दक्षिण एशियामा पाकिस्तानमा मात्रै आउटडोर म्याटसहितको कोर्ट छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…