
पोखरा-कास्कीको क्रिकेट विकासको लागि नयाँ योजना सार्वजनिक गर्दै क्लबस्तरीय शनिबारीय क्रिकेट लिग गर्ने तयारी गरेको छ । यही माघ २९ गते शनिबारदेखि क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गरिने कास्की जिल्ला क्रिकेट संघले उल्लेख गरेको छ । संघले पहिलो पटक शनिबारीय लिग आयोजना गर्दै खेलाडीलाई व्यस्त बनाउने योजना अघि सारेको हो ।
शनिबारीय लिग दशहप्ता चल्ने छ । उदघाटनमा एक खेल खेलाईने छ । ‘उदघाटन बाहेक अन्य शनिबार दुई खेल खेलाईने छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘६ क्लबले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्ने छन् ।’ उनका अनुसार राउण्ड रोविन पछि शीर्ष दुईमा रहने क्लब फाईनल खेल्ने छन् ।
‘अहिले क्लबले नै खर्च व्यहोर्छ । पछि प्रायोजकलाई जोड्दै जाने छौं ।’ अध्यक्ष सिग्देलले भने–‘क्लबस्तरीय टी–२० शनिबार लिग गरिसकेपछि संघले एकदिवसीय लिग(वान डे)आयोजना गर्ने छ ।’ लिगको तयारीको लागि संघले क्लबलाई पोखरा रंगशाला क्रिकेट मैदानभित्र निर्माण गरिएको नेट्स प्रशिक्षणको लागि उपलब्ध गराईने छ । प्रत्येक क्लबलाई एक–एक दिन प्रशिक्षणको लागि उपलब्ध गराईने छ । लिग गर्न संघले दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
लिगमा सहभागिता जनाउने क्लबसँग शुल्क लिईन समेत संघले जनाएको छ । नयाँ क्लबको रुपमा राईजिङ पोखरा क्रिकेट क्लब र कास्की क्रिकेट क्लब आवद्ध भएका छन् । पोखरा क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लबसहित दुई नयाँ क्लबले लिग च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
संघले कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने समेत जमर्को गरेको छ । पछिल्लो भेरियन्ट ओमिक्रोनको अवस्थाले कस्तो परिस्थति सृजना हुन्छ त्यही अनुसार विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने विषयमा निर्णय गरिने समेत कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
संघले विद्यालयस्तरीय प्रतियोगितासँगै महिला क्रिकेट प्रतियोगितालाई समेत आयोजना गर्ने योजना बनाएको छ । कास्की जिल्ला महिला क्रिकेट निकै सुस्ताएको अवस्थाले पनि महिला क्रिकेटको उत्थान गर्न संघले महिला क्रिकेटलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष सिग्देलले सुनाए । यसैबीच संघले क्रिकेटका पूर्व खेलाडी विपिन रन्जितको निधनप्रति दुःख प्रकट गर्दै पोखरा रंगशाला क्रिकेट मैदानमा श्रद्धाञ्जली अर्पण गरेको छ । रन्जित पोखरा क्रिकेट क्लबको पूर्व खेलाडी समेत हुन् । संघका अध्यक्ष सिग्देल, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…