
शनिबार आयोजना हुने १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारीको बारेमा जानकारी दिदैं नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुली ।
पोखरा-१६ औं संस्करणको ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन् । पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन् । अधिकांश धावक स्वदेशी छन् । विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुको सहभागिता भने छैन् । दुई विभागीय क्लब नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका धावकहरुको सहभागिता रहने छ ।
१५ औं सस्करणमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए । उनले २ घण्टा २८ मिनेटको समय निकाल्दै च्याम्पियन बन्दा महिला तर्फको हाफ म्याराथनको पुरस्कार भने नेपाल प्रहरीकी राजपुरा प्रसाँइको नाममा लेखिएको थियो । खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन तर्फ २ सय ५ जना धावकहरुको सहभागिता रहने आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं अध्यक्ष पराजुलीले दुवै म्याराथनमा १७ जिल्लाका धावक एवं धाविकाले प्रतिस्पर्धा गर्ने बताए ।
खुल्ला म्याराथनमा १६२ जना पुरुष धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । म्याराथनमा केन्याका ५ जना धावक पहिलोपटक पोखरा आउँदै छन् । केन्याली धावकसहित बंगलादेश, भारत, बेलायत, अमेरिकन धावकले प्रतिस्पर्धा गर्ने छन् । विदेशी धावकको चुनौति सामना गर्न स्वदेशी धावकहरुको उपस्थिति रहने छ । विभिन्न जिल्लाका धावकहरुले दौडको लागि आफनो नाम दर्ता गराईसकेका छन् । ‘१७ जिल्लाका धावकहरुले प्रतिस्पर्धा गर्ने छन्।’ पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष पराजुलीले भने–‘जुम्लादेखि झापासम्मका धावकहरु सहभागि भएका छन् ।’ विभागीय क्लबका धावकले आफनो शाख जोगाउने अभियानमा हुने छन् । दौड पोखरा रंगशालाबाट शुरु भई पोखराको विभिन्न ठाँउ परिक्रमा गरेर पोखरा रंगशालामै आई टुंगिने छ ।
महिला हाफ म्याराथनमा ३९ धाविकाले प्रतिस्पर्धा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । अधिकांश धावक नयाँ भएको समेत उनको भनाई थियो । उनका अनुसार गतवर्ष दौडिएका धावकहरुको उपस्थिति केही कम छ । पोखरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा बनाएको किर्तिमानी समय अझै तोडिएको छैन् । म्याराथन र हाफ म्याराथन बाहेक अन्य इभेण्टलाई भुतपुर्व खेलाडी मञ्चले कोभिड–१९ लाई मध्यनजर गर्दै चैतको दोस्रो शनिबार आयोजना गर्ने निर्णय गरेको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अन्य ६ वटा इभेन्टहरु आयोजना गरिने छ । चैत्र १२ गते शनिवार महिला÷पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्र÷छात्रा ५ किमि दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड आयोजना गरिने मञ्चले उल्लेख गरेको छ । खुल्ला ४२.१९५ किलोमिटर म्याराथनको नेपाली खेलकुदको इतिहासमा सर्वाधिक पुरस्कार राशी प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथन विजेता धावकले ४ लाख प्राप्त गर्ने छ । द्वितियलाई २ लाख, तृतियलाई १ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चका अध्यक्ष पराजुलीले सुनाए । महिला तर्फको हाफ म्याराथनमा विजेताले नगद १ लाख रुपैयाँ, उपविजेताले ७५ हजार, तेस्रो हुनेले नगद ५० हजार र सान्त्वना हुने धाविकालाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
पोखरालाई खेलकुद शहर एवं खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५८ सालदेखि मञ्चले पोखरा म्याराथन आयोजना गर्दै आएको छ । शुरुवातको समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो । त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बंैंकले मुख्य प्रायोजनबाट पछि हट्यो । २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो । त्यसपछिको संस्करण एकैपटक ०७२ सालमा आएर आयोजना गरिएको थियो । २०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजनकै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाँती राख्यो । पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरी व्यँुतिएको हो । सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…