मेयर कप खेल्न कास्की क्रिकेट टिम नवलपुर प्रस्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २२ गते २०७८ मा प्रकाशित


पोखरा-कास्की जिल्लाको क्रिकेट टिम नवलपुर प्रस्थान गरेको छ । नवलपुरमा आयोजित प्रथम मेयर कप टी. २० क्रिकेट प्रतियोगिताको लागि आईतबार नवलपुर प्रस्थान गरेको हो ।

कास्कीको टिमलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्दले विदाई गरे । विदाई समारोहमा खेलाडीहरुलाई ट्रयाक, जर्सी तथा क्याप हस्तान्तरण गरे । जर्सी तथा ट्रयाकको प्रायोजन भने कपिल बसेलले गरेका थिए ।

कास्कीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । खेलाडीहरुमा किरण पौडेल, अनिल गुरुङ, अमृत गुरुङ, विधान श्रेष्ठ, नितेश गिरी, मुश्कान थापा, विश्वास पराजुली, रमेश बस्नेत, कृष्ण पौडेल, विश्व कार्की, सुवास भण्डारी, ऋतिक थापा मगर, अभिषेक थापा रहेका छन् । टिम प्रशिक्षकमा गोविन्द प्रधान र टिम व्यवस्थापकमा ऋषिकेश शर्मा रहेका छन् ।

टिमको विदाई गर्दै उपाध्यक्ष चन्दले खेलाडीलाई अनुशासित भएर जितको लागि शुभकामना व्यक्त गरे । कास्कीले सोमबार विहान चितवनसँग प्रतिस्पर्धा गर्ने छ ।