
पोखरा-विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको पुरुष टोली सोमबार प्रस्थान गरेको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङले खादा लगाई विदाई गरेका थिए ।

१६ सदस्यीय टोलीमा पवन परियार, पिताम्बर थापा, अशिम ठकुरी, सुजन मगर, सुरज बोहोरा, रोहन लामा, सानु लामा, आशिष जिसी, कुन्जन थापामगर, सागर परियार, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, शिशिर केसी, हेमन पाईजा रहेका छन् । प्रशिक्षकमा राजन नेपाली र व्यवस्थापक श्रीप्रसाद पुन रहेको कास्की जिल्ला हक्की संघका कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
विराटनगरमा यही चैत ८ गतदेखि प्रतियोगिता शुरु हुदैं छ । पहिलो प्रतियोगितामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो । दोस्रो संस्करणमा भने दोस्रो भएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…