
पोखरा-गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो ।
राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले प्रशिक्षक शुभास गुरुङ सहितको टोलीलाई विधाई गर्दै आफ्नो प्रदेशको नाम उचो राख्ने गरी उच्च मनोवलका साथ खेल लेल्न आग्रह गरे । खेलमा जित हार भन्दा पनि उत्कृष्ट खेल प्रर्दशन सहित अनुसासनमा रहनु आवश्यक भएको उनको भनाई थियो । राष्ट्रिय तथा युवा खेलाडीहरुको टोलीले प्रदेशको प्रतिनिधित्व गरेको संघका अध्यक्ष चित्र थापाले बताए ।
टोलीमा राष्ट्रिय खेलाडीहरु दिनेश श्रेष्ठ, तारा केसी र पवन छन्त्याल सहित ४ जना रहेका छन्। त्यसै गरी दिपेश बुढाथोकी, निकेस गुरुङ,मनिस घर्ति, अतित गुरुङ, कुसल गुरुङ, चन्द्र केसी, सुदिप गुरुङ र सविन गुरुङ रहेका छन्। टोलीको व्यबस्थापकमा भने याम गुरुङ रहेको संघका सचिव टेक बहादुर गुरुङले जनाए । यसैचिब नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित अध्यक्ष दीननाथ बराललाई उक्त अवसरमा खादा लगायर कार्यकालको सफलताको कामना समेत गरिएको संघले जनाएको छ । बराल ह्याण्डवल संघमा समेत आबद्ध छन्।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…