
पोखरा-आँधीखोलाको तिरैमा छ इभरग्रिन बोर्डिङ स्कुल । झोलुङ्गे तर्ने वित्तिकै आईपुग्छ । आँधीको तटमा सानो ‘मातृभूमी’ खेलमैदान छ । त्यही खेल मैदानले उमेर समूहका क्रिकेटर उत्पादन गरिसकेको छ । यसको पछिल्लो उदाहरण हो यु–१९ क्रिकेटको उपाधि । गण्डकी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास कोर्यो । इतिहास कोर्ने पुतलीबजार नगरपालिका १३ स्थित त्यही आँधीको तीरमा रहेको इभरग्रिनका खेलाडीहरु छन् । आठ जना खेलाडी सोही विद्यालयका थिए । दशजना स्याङ्जा जिल्लाका हुदाँ आठजना इभरग्रिन बोर्डिङका छन् ।
प्लेइङ स्क्वाडमा ६ जना थिए । कक्षा ७, ९ र १० मा अध्ययरत थिए । त्यसमा तीन जना भने ११ कक्षामा अध्ययनरत । सेरिना थापा कक्षा–७ मा अध्ययन गर्छिन् । आकृति तिवारी, अरविना अधिकारी र जेनिसा खत्री भने कक्षा ९ मा अध्ययनरत छन् । कुसुम गोदार कक्षा दशमा । सिमना केसी, सोनिया थापा र अन्जली विश्वकर्मा भने ११ कक्षामा अध्ययनरत हुन् । उनीहरु सबै इभरग्रिनका थिए ।
मैदान छैन् । प्रशिक्षक छैन् । आवश्यक खेल सामग्री पर्याप्त छैन् । यस्तोमा पनि १४ जनाको क्रिकेट स्क्वाडमा ८ जना एउटै विद्यालयका थिए । आँधीको तीरमा क्रिकेट खेल्न थालेको पनि केवल तीन वर्षमात्रै भयो । तीन वर्षकै बीचमा गरिएको प्रगतिले राष्ट्रियस्तरको उपाधि दिलायो । स्याङजामा डब्लु १३ क्रिकेट क्लब छ । त्यही क्लबले महिलाहरुलाई समेत प्रशिक्षण दिन थालेको हो ।
प्रशिक्षक विहीन भएपनि स्वंयसेवकले प्रशिक्षण गराउँदै आएका छन् । ‘प्रशिक्षक छैनन् । स्वयंसेवक प्रशिक्षकको रुपमा हामीले प्रशिक्षण दिदैं आएका छौं । त्यसको प्रतिफल महिला यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि हो ।’ भर्खरै मात्र ओलेभल गरेका स्वयंसेवक प्रशिक्षक अनुज गोदारले भने–‘ओ लेभल गरेको पनि दुई महिना वित्यो । त्यसभन्दा अघि सिनियर खेलाडीहरुले प्रशिक्षण गराउँदै आएका थिए ।’
विद्यार्थीहरु नियमित रुपमा क्रिकेटको व्याट र क्लोब्स बोकेर आउँछन् । विहान र साँझ दुवै समय सिक्छन् । ‘विद्यार्थीमा क्रिकेटप्रतिको लगाव छ । हामीले क्रिकेटको सामान्य नियम सिकाईदिने गरेका छौं । बलिङ र व्याटिङको प्राक्टिस गराउँछौं ।’ उनले भने–‘आधारभूत प्रशिक्षणसँगै नियमित प्रतिस्पर्धाले खेलाडी खारिदैं गएका छन् ।’ विद्यालयले पनि विद्यार्थीलाई क्रिकेट प्रतिको लगावलाई बन्देज लगाएको छैन् । विद्यालयकै सहयोगमा नियमित रुपमा विद्यार्थीहरुले प्रशिक्षण लिने अवसर पाएका छन् । पढाईसँगै खेलकुदलाई पनि उनीहरुले अगाडि बढाईरहेका छन् ।
खेलमैदान नजिकै घर हुनेहरु केही ढिलोसम्म प्रशिक्षण गर्ने गरेको उनको भनाई थियो ।
प्रशिक्षक गोदारका अनुसार दुई घण्टा नियमित प्रशिक्षण गर्छन् । ‘म आफैं त्यही स्कुलमा पढें त्यही भएर पनि स्वयंसेवक प्रशिक्षकको रुपमा क्रिकेट प्रशिक्षण गराउँदै आएको छु ।’ गोदारले भने–‘एउटै स्कुलका भएर पनि होला टिमवर्क छ ।’ स्याङजामा क्रिकेट संघ गठनपछि महिला क्रिकेटमा छलाङ मारेको छ । गण्डकी प्रदेशमा केवल चार जिल्लामा मात्रै क्रिकेट संघ छ । त्यो मध्ये महिला क्रिकेटको स्तर स्याङजाको कास्कीभन्दा माथि छ । ‘धुलाम्मे मैदान छ । त्यही मैदानमा हामी खेल्छौं । नियमित रुपमा खेलिरहेका हुन्छौं ।’ कक्षा १० मा अध्ययरत कुसुम गोदारले भनिन–‘स्कुल नहुदाँ विहान-बेलुकी र स्कुल हुदाँ स्कुल सकेपछि साँझमा प्रशिक्षण गर्छौ ।’ उनले स्कुले साथीसंगी भएकोले पनि प्रशिक्षण गर्न सजिलो भएको बताईन् । यु–१९ राष्ट्रिय महिला क्रिकेटको क्लोजक्याम्प पोखरामा बस्दै छ । क्लोज क्याम्पबाट महिला यु–१९ राष्ट्रिय टिमको घोषणा गरिने सम्भावना छ ।


पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…