
काठमाडौं- गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आर।बि।बि। – एन।भि।ए। राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात गर्न सफल भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन भएको पहिलो खेलमा गण्डकीले ३ – १ को जित निकाल्यो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
यस्तै आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो । पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।
बैशाख १८ गते देखि २४ गते सम्म संचालन हुने लिगको प्रमुख अथिती राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले प्रतियोगिता रेफ्रि पूर्ण चौलागाईलाई भलिबल प्रदान गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए ।
क्लब लिगमा महिला तर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको छ । पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…