
पोखरा-नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेको गुरुङ नेपाली काँग्रेसका उम्मेदवार नारायण पौडेलसँग पराजित भएका हुन् ।
गुरुङले ५५७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार पौडेलले ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफुलाई पार्टीभित्रैबाट अन्तरघात भएको प्रतिक्रिया दिए । उनले ४७ मत आफनै पार्टी(एमाले)को सबै सदस्य उम्मेदवारलाई दिएपनि वडाध्यक्षमा रुखमा मतदान भएको पाईएको भन्दै उनले पार्टीभित्रैबाट अन्तरघातको शिकार भएको बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…