
पोखरा-गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा खेलकुद तर्फ भने नगण्य बजेट छुट्टाएको छ । खेलकुदको पूर्वाधार विकासको लागि १५ करोड रुपैयाँ छ । तर पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री रामजीप्रसाद बरालले उदघोष गरेपनि कति बजेट भन्ने ठोस रुपमा खुलाइएको छैन् ।
प्रदेशभित्रको खेलमैदान निर्माण, मर्मत सम्भार तथा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरेको उल्लेख गर्दै प्रदेश भित्रको खेलकुद पूर्वाधार विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरिएको सार्वजनिक गरे । प्रदेशले एक स्थानीय तह एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिएको छ ।
अर्थमन्त्री बरालले खेलकुद पूर्वाधारको निर्माणमा जोड दिई पोखरा रंगशाला, विभिन्न कभर्डहल र प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी नेपाल सरकारसँग साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नति गरिने सुनाए । प्रदेश युवा तथा खेलकुद मन्त्रालयले यसै आर्थिक वर्षभित्रमा रंगशालाको विभिन्न खेल सेन्टरमा सोलार बत्ती जडान गर्न आवश्यक आशयपत्र समेत सार्वजनिक गरिसकेको छ । प्रदेश सरकारले राष्ट्यि खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको छ । राष्ट्रिय तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भाग दिने खेलाडीहरुको विमा गर्ने व्यवस्था प्रदेश सरकारले गरेको उल्लेख गरे ।
प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न, सहभागि हुन र खेलाडीलाई प्रोत्साहन तथा समग्र खेलकुद क्षेत्रको विकासको लागि आवश्यक बजेट छु्ट्टाएको समेत अर्थमन्त्री बरालले सुनाए । साहसिक खेलको प्रवद्र्धन एवं प्रतियोगिता आयोजना गर्दै खेल पर्यटनको प्रवद्र्धन गर्न समेत प्रदेश सरकारले जनाएको छ । युवाहरुको सीप क्षमता र नेतृत्व विकास गर्न प्रदेश सरकार र युवा उद्यमी बीच लगानीको साझेदारी कार्यक्रम सञ्चालन गर्न २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…