
पोखरा-चीनको बेईजिङमा आयोजना हुने १९ औं एशियन गेम्सको लागि आर्चरीका खेलाडी यतिबेला बन्द प्रशिक्षणमा छन् । राष्ट्रिय खेलकुद परिषदले आर्चरीका लागि १२ जना मध्येबाट ६ जना छनोट गर्न दिएको निर्देशन अनुसार छ जनालाई बन्द प्रशिक्षणमा राखिएको नेपाल आर्चरी संघका केन्द्रीय सचिव एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।
बन्द प्रशिक्षणमा कम्पाउण्ड तर्फ पुरुषमा मीनप्रसाद गौचन र महिला तर्फ पर्सदा आचार्य रहेकी छन् । त्यस्तै गरी रिकर्भ अन्तर्गत पुरुष तर्फ नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लबका तिलक पुन र महिला तर्फ विष्णुमाया लिम्बु तथा रश्मी दर्लामी(पोखरा) रहेकी छन् ।
उनीहरु राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत रहेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरुको नजिता अनुसार एशियन गेम्सको लागि छनोट गरिने अध्यक्ष शेरचनले बताए । उनीहरुको पोखरा रंगशालास्थित आर्चरी मैदानमा प्रशिक्षण भईरहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…