
पोखरा-घरमै(पोखरा) राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिमन्याष्टिकलाई भने सामान जुटाउनै सकस परेको छ । राष्ट्रिय प्रतियोगिता अन्तर्गत जिमन्याष्टिकमा महिला दुई र पुरुष तर्फ छ इभेण्टमा प्रतिस्पर्धा हुदैं आएको छ । तर आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ फ्लोर म्याट र भल्टिङ हर्स र पुरुष तर्फ चार इभेण्ट फ्लोर म्याट, भल्टिङ हर्स, प्यारलल बार, पोमेल हर्समा प्रतिस्पर्धा गराईएको थियो ।
वर्षेनी सामानको अभावसँगै जिमन्याष्टिकका इभेण्ट घट्दै गएको छ । नेपालगन्जमा आयोजित आठौं संस्करणको प्रतियोगितामा पुरुष तर्फ होरिजेन्टल बार र रोमन रिङ्गसको इभेण्टलाई सामान नभएकै कारण समावेश नगरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताए । ‘सामान केन्द्रमा पनि छैन् । भएको सामानले इभेण्ट गर्ने हो । सामानकै अभावले इभेण्ट घटाउँदै गएको अवस्था छ ।’ उनको भनाई थियो । जिमन्याष्टिकका सबै इभेण्टका प्रतिस्पर्धा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नै गरिएको छैन् । उनका अनुसार महिला र पुरुषको १०÷१० इभेण्टमा प्रतिस्पर्धा हुने भएपनि अहिले कम मात्रै इभेण्ट समावेश गरिदैं आएको छ ।
राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सामान केन्द्रबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । ‘हामीसँग सामान छैैन् । केन्द्रमा पनि केही इभेण्टका सामान छैनन् । भएका सामान ट्रकमा हालेर ल्याउने हो । गेम सकिएपछि ट्रकमै हालेर फिर्ता लैजान्छन् ।’ उनले भने । सामानकै अभावमा खेलाडीहरुले नियमित प्रशिक्षण समेत गर्न पाउने अवस्था छैन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहँदा पोखरामा फ्लोर म्याट मात्रै छ । साईड हर्स भने जीर्ण छ । २०४५ सालमा आयोजना गरिएको जिमन्याष्टिक प्रतियोगितामा प्रयोग गरिएको साईड हर्स प्रयोगविहीन छ । ‘ जिमन्याष्टिकको लागि हल पनि छैन् । सामान पनि छैन् ।’ कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने–‘वर्षौपछि फ्लोर म्याट संघले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको बजेट निकासा गरिदिएपछि ल्यायौं । त्यसैमा अहिले प्रशिक्षण गराईएको छ ।’
प्रदेश सरकारले यो आर्थिक वर्षको लागि २ लाख रुपैयाँ छुट्टाईदिएको छ । त्यही बजेटबाट जिमन्याष्टिकको आवश्यकता अनुसारको सामान ल्याईने अध्यक्ष गुरुङको भनाई थियो । उनका अनुसार खेल सामाग्रीकै अभावमा पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन् । प्रदेश सरकारले दिएको बजेटबाटै १२ थान फ्लोर म्याट ल्र्या सिकाउन शुरु गरिएको तीन महिना भईसकेको छ ।
‘फ्लोर म्याट आएपछि प्रशिक्षण शुरु गरिएको हो ।’ जिमन्याष्टिकका स्वयंसेवक प्रशिक्षक थमन थापाले भने–‘त्यही म्याट पनि नहुदाँ रंगशालाभित्र प्रशिक्षण गराउन सकिएको थिएन् ।’ उनका अनुसार संघकै पहलमा अब केही सामान आएपछि जिमन्याष्टिक प्रशिक्षणलाई अझै सबल बनाउने विश्वासमा छौं । प्रशिक्षक थापाले जिमन्याष्टिकको प्रशिक्षण पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा गराउँदै आएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…