
लोवाथाङ(उपल्लो मुस्ताङ) –हरेक पाईलमा श्वासप्रश्वास बढ्छ । चुनौति उत्तिकै छ । तर रोमाञ्चक र साहसिकता पनि उस्तै छ । पुग्न कठिनाई । पुगेपछि साहसीको कदम एक पाईला अगाडि भन्ने भान पक्कै हुन्छ ।
हिमालकै फेदमा पुग्नुपर्छ । चारैतिर हिमाल देखिन्छ । घोरिएर हेरे कोरला नाकामा चीनले बनाएको भौतिक पूर्वाधार देखिन्छ । हो विश्वकै उच्च उचाई उपल्लो मुस्ताङको लोमान्थाङस्थित ४६४५ मिटरको लोवाथाङमा गल्फ कोर्ष तयार पारिएको छ । त्यही गल्फ कोर्षमा शनिबार गल्फ प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कोरिदैं छ । इतिहासको पखाईमा गल्फरहरु छन् । व्यग्र प्रतिक्षामा भने स्थानीय सेवी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्ट छन् । उनकैको व्यग्रतालाई अन्तिम रुप दिने योजनामा गल्फका व्यवसायिक खेलाडी(प्रो.) भुवन गुरुङ छन् । उनले कोर्षको डिजाईन गरेका हुन् । विष्टले खेस्रा गरेका कोर्षलाई पूर्णता डिजाईन दिदैं गुरुङले अन्तिम रुप दिन कस्सिएका छन् ।
शनिबार ४६४५ मिटर उचाईको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुदैै छ । ९ होलको कोर्ष तयारी अवस्थामा छ । नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाईनल टच’ दिदैं छन् । उच्च उचाईको गल्फ कोर्षमा खेल्ने सपना धेरैको हुन्छ । तर उचाईमा पुगेर खेल्नु नै साहसिक हो । उपल्लो मुस्ताङको लोवाथाङमा बनाईएको कोर्ष त्यही साहसिकताको पहिचान बन्ने छ । ‘हाईअल्टिच्युड गल्फ कोर्ष बनाउने सपना पुरा भएको छ । त्यही कोर्षका गल्फरलाई ल्याएर खेलाउन लक्ष्य समेत पुरा हुदैै छ ।’ प्रदेश सदस्य रहेका विष्टले भने–‘सपनाको घडी शनिबार पुरा हुने छ ।’ गल्फ प्रतियोगिताकै लागि विष्टले सबै काम छोडेर यतिबेला गल्फ कोर्षमा व्यस्त छन् ।
कोर्ष केवल ९ होलको मात्रै छ । उनका अनुसार शनिबारको गल्फ प्रतियोगिता आउने प्रतिक्रिया अनुसार नै थप ९ होल थप्ने योजना बन्ने छ । लोमान्थाङलाई साहसिक स्पोर्टस हब बनाउने दीर्घकालिन योजनालाई गल्फ कोर्षले टेवा दिने विश्वास उनको छ ।
शनिबारको प्रतियोगिताको लागि प्रों गुरुङसहितको टोलीले बिहीबारदेखि नै कोर्षको ग्रीन बनाउन व्यस्त छ । ग्रीनलाई अन्तिम रुप दिई प्रतियोगिता सञ्चालन गर्ने गरी काम गरिएको छ । गल्फरलाई सिग्नल देखाउने बोर्ड लगाइएको छ । ‘कोर्ष तयारी अवस्थामा छ । ग्रीनलाई फाईनल टच दिएका छौ ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य समेत रहेका गुरुङले भने–‘उचाईमा पनि उत्कृष्ठ कोर्ष बनेको रहेछ भनेर गल्फर दंग पर्ने छन् ।’
९ होलमा नेपालका शीर्ष बरियताका एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । विजेताले ट्रफी प्राप्त गर्ने छ । होल ईन वान, लङ्गेष्ट ड्राईभ, क्लोजेष्ट टु दि पीन हान्ने गल्फरले आकर्षक पुरस्कार थाप्ने छन् । प्रतिस्पर्धा महिला तथा पुरुष दुवै इभेण्टमा हुने छ । प्रतियोगितालाई विशेष सहयोगीको रुपमा लोमान्थाङ गाँउपालिका रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…