
पोखरा-आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश महिला तथा पुरुष गल्फ टोली छनोट गरिएको छ । दुईदिनसम्म भएको प्रतिस्पर्धामा पुरुष तर्फ ९ जनाले सहभागिता जनाएका थिए । महिला तर्फ ३ जना मात्रै थिए । तीनै जना छनोट भएका छन् ।
हिमालयन गल्फ कोर्षमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष तर्फ अजित बि क,सुदिप तामाङ ,सुरेश तामाङ ,रोशन बि क रहेका छन् । त्यसैगरी महिला तर्फ जुनि गुरुङ, टीका गुरुङ, निता राणा रहेको कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लच्छिमीप्रसाद गुरुङले जानकारी दिए । छनोट भएको खेलाडीहरुको नाम गण्डकी प्रदेश खेलकुद परिषदमा पठाईएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…