
पोखरा-पोखराका टेनिस खेलाडी दर्शिल श्रेष्ठ थाईल्याण्डमा हुने आइटिएफ एशिया १४ एण्ड अण्डर डेभलमेन्ट च्याम्पियनसिप २०२२ खेल्ने जादैं छन् । उनी पोखराबाट यु–१४ एशियाको डेभलमेन्ट अन्तराष्ट्रिय एरिनामा उत्रिने पहिलो खेलाडी समेत हुन् । उनले थाईल्याण्डमा आगामी ३ अक्टोबरदेखि १३ अक्टोबरसम्म फाईनल सर्किटमा प्रतिस्पर्धा गर्ने छन् ।
डेभलमेन्ट च्याम्पियनसिपमा वेष्ट एशियाबाट जोर्डन, इरान र लेबनान छन् । लेबनान क्वालिफाईङ भएर आएको हो । त्यस्तै सेन्ट्रल एशियाबाट काजाकास्तान, उज्बेकिस्तान र किर्तिस्तान छन् । किर्तिस्तान क्वालिफायर प्रतिस्पर्धाबाट आएको हो । त्यस्तै साउथ एशियाबाट भारत, नेपाल र श्रीलंका छन् । नेपाल र श्रीलंकाले भने क्वालिफाईङ प्रतिस्पर्धाबाट छनोट हुदैं फाईनल सर्किट खेल्ने अवसर प्राप्त गरेको हो । ्रईष्ट एशियाबाट कोरिया, चाईनिज ताईपेई, हङकङ, चीन र जापान रहेका छन् । त्यस्तै साउथ ईष्ट एशियाबाट थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया र भियतनामका खेलाडीहरु सहभागि हुने छन् । उनीहरुले हार्ड कोर्टमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिस्पर्धामा नेपालबाट राजबीर प्रधान, प्रशंसा मोक्तान, अध्या पौडेल रहेका छन् । नेपाल र श्रीलंकाले भुटान, बंगालदेश र पाकिस्तानी खेलाडीलाई पछि पार्दै क्वालिफाईङ भएका हुन् । फाईनल सर्किट खेल्ने १८ देशका खेलाडीहरुमा टप ८ मा प्रवेश नगरे रेलिगेशनमा पर्ने दर्शिलका बुवा नविन श्रेष्ठले जानकारी दिए । उनले उत्कृष्ट आठ भित्र प्रवेश गर्नको लागि निकै कडा परिश्रम गर्नुपर्नेमा जोड दिदैं उत्कृष्ट आठभित्र नपरे फेरी अर्को पटक क्वालिफाईङ हुनुपर्ने बताए । दर्शिल केही महिना अघि मात्रै पोखरामा आयोजिन स्पोर्टस अवार्डमा उत्कृष्ट राईजिङ प्लेयरबाट सम्मानित भईसकेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…