
काठमाडौं-नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आईतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।
च्याम्पियनशीप अन्र्तगत सोमबार मध्यान्ह हुने छैटौं चरणको खेलमा थापाले दोश्रो बोर्डमा ईरानका महमुदी एम सदेगसँग प्रतिष्पर्धा गर्नेछन् । पाँच चरण पश्चात ईरानी खेलाडीद्धय फुलाडी बेहरुज र जमती सोभन पाँचपाँच अंकका साथ शिर्ष स्थानमा रहेका छन् भने ईरानकै महमुदी, पाकिस्तानका जुनाईद सोहिल र नेपालका कृष्ण थापा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
नौ चरणसम्म चल्ने च्याम्पियनशीपका बाँकी ४ खेलमा समेत अनुकुल नतिजा निकालेर नेपाल र नेपालीलाई दशैंको उपहार दिन आतुर रहेको कृष्ण थापाले बताए । २० एशियाली देशका १४६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनशीप अक्टोबर ५ विजयादशमीको दिन सम्पन्न हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…