
पोखरा-कास्की जिल्ला टेनिस संघ यतिबेला बिलखवन्दमा परेको छ । दुईदिनदेखि झरी परेको छ । भर्खरै मर्मत गरिएको टेनिस कोर्ट पानीले जलमग्न छ । कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ ।
असोजको अन्तिम सातादेखि टेनिस शुरु हुदैै छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि एकसाता अघि मात्रै संघले मर्मतको काम शुरु गरेको थियो । मर्मत शुरु गर्दा मौसम निकै रमाईलो थियो । अहिले पानीले बिथोलिएको छ । अब थप सुर्की नआएको अवस्थामा गेम गराउन सक्ने अवस्था समेत नहुने दावी संघका अध्यक्ष लोकबहादुर गुरुङ सुनाउँछन् । ‘दुईदिनदेखि परेको झरीले सुर्की सबै बगाईसक्यो । चारलाखको सुर्की हालेर कोर्ट तयार बनाएका थियौं ।’ उनले भने–‘अब सुर्की नआए गेम खेलाउने अवस्था कम छ ।’
मर्मत शुरु गर्दा संघले सबै जिम्मेवारी लिएर काम गर्ने भएपनि खेल मैदान व्यवस्थापन समितिले उपभोत्ता समिति मार्फत काम गर्न निर्देशन दिएको थियो । उपभोत्ता समिति मार्फत काम गरेपनि राष्ट्रिय खेलकुद परिषदबाट कोर्टको लागि बजेट आईसकेको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएपछि मात्रै बजेट आउने आशामा धेरै संघसंस्थाले काम गरेका छन् । बजेट आउने टुंगो नहुदाँ संघहरु संशयमा छन् ।
अध्यक्ष गुरुङका अनुसार चार वटा कोर्टहरु मर्मत गरिएको छ । प्रतियोगिताको लागि चारवटा नेट्स समेत राखेपसँग मगाईएपनि नआएको गुनासो गरे । ‘भएका नेट्स सबै पुरानो भईसकेका छन् । नयाँ नेट्स मागेका छौं ।’ उनले भने–‘नयाँ नेट्स नआए त्यही पुरानो नेट्समै गेम खेलाउँछौं । खेलाडीको विरोध आए राखेपले नै जवाफ दिनुपर्छ । गण्डकी खेलकुद परिषदसँग पनि आग्रह गरेका छौं ।’


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…