
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन् ।
नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । महिला तर्फकै ईपीको प्रतिस्पर्धा नेपाली सेनाकी खेलाडी इन्दिरा पौडेलले स्वर्ण पदक जितेकी छन् । उनले आफनै विभागीय क्लबकी सीता पाठकलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकै पुजन कुमाल र एपीएफकी जानुका सान्ताङले तेस्रो हुदैं कास्य पदक जित्न सफल भए ।
त्यसैगरी फेन्सिङ पुरुष फोयल इभेण्टमा सुदुर पश्चिमका जितेन्द्रबहादुर शाहीले स्वर्ण पदक जितेका छन् । उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका समेत स्वर्ण पदक विजेता खेलाडी हुन् । उनले केही महिना अघिमात्रै काठमाडौमा आयोजित बीर गणेशमान स्मृति फेन्सिङ प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा बागमती प्रदेशका सन्जीव लामाले रजत पदक र नेपाली सेनाका बीरसिंह शाही र शसस्त्र प्रहरी बलका शेरसिंह ऐरीले कास्य पदक जिते । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिता ईपी,फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।
ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…