
पोखरा-घरेलु मैदानमा गण्डकी प्रदेशले पहिलो जित निकाल्ने प्रयास फेरी असफल बनेको छ । राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल जित्दै खुशीयाली मनाउने चाहना फेरी एकपटक अधुरै रह्यो । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा गण्डकीमाथि सुदुरपश्चिमले ६विकेटको जित निकाल्यो ।छैटौं ओभरमा १५ रन खर्चिएपछि गण्डकी हार नजिक पुगेको थियो । टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ५ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो । चौथो नम्बरमा आएकी सृष्टि जैसीले २८ रनको महत्वपूर्ण इनिङ खेल्दै रन उकास्न प्रयास गरिन् । ४८ बल खेल्दै १ चौकासहित २८ रन बनाएर आउट भएपछि गण्डकी धरासायी बन्न पुग्यो । अन्य व्याटरको व्याटबाट दोहोरो अंक निस्कन सकेन् । सुदुर पश्चिमकी रितु कनौजियाले दुई विकेट लिईन् ।
६० रनको लक्ष्य पछ्याएको सुदुर पश्चिमले १०.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै गण्डकीमाथि हावी बन्यो । स्ट्राईकमा रहेकी कनौजियाले एकै ओभरमा १५ रन जोडेपछि लक्ष्य पछ्याउन सहज भएको थियो । उनले ३ चौका हिर्काईन् । रुबी पोद्दार, विन्दु रावल र अनु कडायतलाई सस्तैमा पभेलियन फर्काएपछि गण्डकीका बलर सुदुरपश्चिममाथि हावी देखिएका थिए । तर हावी केही समय मात्रै टिक्यो । आकृति तिवारीले छैटौं ओभर बलिङ गर्ने क्रममा १५ रन खर्चिएपछि खेल सुदुरपश्चिम तर्फ ढल्किएको थियो ।
चौथो विकेटको लागि रितु र स्नेहा महर्जनले जितको लागि ४० रनको साझेदारी निभाए । ७/३ को स्थितिमा रहेको सुदुरपश्चिमलाई रितु र स्नेहाले सम्हाल्दै जितको आधार तयार पारे । रितु २२ रनमा खेलिरहँदा शिला क्षत्रीले रनआउट गरिन् । स्नेहा भने २१ रनमा अविजित खेलिन् । स्नेहाले २ चौका हिर्काईन् । उनले २७ बल खेल्दै २१ रन बनाईन् । गण्डकीकी शिला क्षत्रीले दुई तथा सृष्टि जैसीले एक विकेट लिईन् । खेलमा सुदुरकी रितु कनौजिया प्लेयर अफ दि म्याच घोषित भईन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…