
पोखरा–नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ ।
गण्डकी प्रदेशले उदघाटन खेल त्रिभुवन आमीलाई ४–० गोल अन्तरले पराजित भएको छ । ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल पनि उनलै गरे । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाए ।
३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेपछि आर्मी ३–०ले अगाडि बढ्यो । अन्तिम गोल भने खेलको ४२ औं मिनेटमा रोमन रानाले गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए । मैदान ढिलो तयार हुदाँ प्रतियोगिताको उदघाटन निर्धारित समय भन्दा निकै ढिला भएको थियो । उदघाटन र दोस्रो खेल मैदानकै कारण ढिलो भएपछि खेलतालिका अनुसार तेस्रो खेललाई उदघाटनको रुपमा शुरु गरिएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।
उदघाटन विहान साढे सातबजे शुरु गर्ने भनिएपनि मैदान तयारमा समस्या भएको थियो । प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…