
पोखरा-नवौं राष्ट्रिय खेलकुदतर्फ महिला हक्कीको आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८–० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकैतर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् । खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकैतर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् ।
त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १–१ गोल गर्न सफल भए । ३९ औं मिनेटमा सुनिताले गोल गरेको एकमिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् ।
अन्तिम क्वाटर फाइलनमा आर्मीकातर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक–एक गोल गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…