महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २९ गते २०७९ मा प्रकाशित


पोखरा-बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी हुन् ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन ।
राजपुरीले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गररेकी थिईन ।

सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।