शारीरिक सुगठनमा गण्डकी र आर्मीलाई दुई/दुई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ३० गते २०७९ मा प्रकाशित


पोखरा, -नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । गण्डकीसँगै त्रिभुवन आर्मीले दुई स्वर्ण जित्दा नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो । गण्डकीले ५५ र ६५ किलो समुहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समुहमा स्वर्ण हात पारेको हो । पुलिसले ६० किलो तौल समुहमा स्वर्ण जितेको हो ।

पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जर्ज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता बनेका हुन् ।

६० किलो तौल समुहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले कास्य पदक जितेका छन् । आईतबार नै भएको ६५ किलो तौल समुहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्दा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदुरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य जितेका छन् ।

७० किलो तौल समुहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । आर्मीका शाक्यले स्वर्ण जित्दा मधेश प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो । ७५ किलो तौल समुहमा नेपाल आर्मीले स्वर्ण जितेको छ । उनले मधेश प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदुरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पारेका हुन् । ७५ किलो तौल समुहमा मधेश प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ ।