
पोखरा–महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलसँग उपाधि प्रतिस्पर्धा पक्का गरेको छ । डेब्यु प्रतियोगितामा उपाधि जित्ने लक्ष्य सहित टोली बनाएको पुलिसले मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने छ ।
ज्योति पाण्डको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका हिर्काईन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन । दोस्रो विकेटको रुपमा इन्दु बर्मा आउट भईन् । उनले ६ रन बनाईन् । ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी निभाएका थिए । रोमाले १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिईन् ।
१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको छ । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुष्मिता बजगाँईले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् । अन्य व्याटरले दोहोरो अंकको रन बनाउनबाट चुकेका थिए । लक्ष्मी चौधरीको व्याटबा ५ रन आउँदा आस्मा पुलामी मगरले ६ रन बनाईन् । २४ बल खेल्ने क्रममा १ चौका हिर्काईन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिईन् ।
दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । टस हारेर व्याटिङ गरेको नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको छ । ओपनर काजल श्रेष्ठले ५१बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिईन् । कविता कुँवरले २६ रन जोडिन । पहिलो विकेटको लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । मध्यक्रमका व्याटरको रन उल्लेल्य रहेन् । कप्तान रुविना क्षत्री र कविता जैसी अविजित रहने क्रममा १७ र १५ रन जोडिन् । कविताले ९ बल खेल्दै १ छक्का हिकाईन् । बागमतीकी अस्मिना कर्माचार्य, खुशी डंगोल र सुमन खतिवडाले १÷१ विकेट लिए ।
१२४ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ८७ रनमा समेटिएको छ । पहिलो विकेट पहिलो ओभरमै गुमाएको बागमतीले ओपनरलाई सस्तैमा गुमाएको थियो । सुमन खतिवडाले २३ रन जोड्ने क्रममा २३ बल नै खेलिन् । ३ चौका उनको व्याटबाट निस्कियो । अस्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाईन् । आरती भण्डारीले अविजित ११ रन जोडिन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिईन् । ईश्वरी विष्टले २ विकेट लिईन् ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…